सत्य, निष्पक्ष र विश्वसनीय

बागमतीमा उज्यालो नेपालको सरकार बन्ने कुलमान घिसिङको दाबी

न्युज डेस्क
२०८३ आश्विन २१, बुधबार ०६:२३


काठमाडौं, २१ असोज

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्।
मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले बागमती प्रदेशमा सरकार गठनका लागि आवश्यक आधार तयार भइसकेको दाबी गरे। उनले उज्यालो नेपाल पार्टी प्रदेश सरकारमा मात्रै सीमित नभई संघीय सरकारको नेतृत्व गर्ने उद्देश्यसहित अघि बढिरहेको बताए।
घिसिङले पार्टीको उद्देश्य केवल सत्ता प्राप्ति नभएको स्पष्ट पार्दै देशको आर्थिक रूपान्तरण, सुशासन कायम गर्ने र विभेद अन्त्य गर्ने मुख्य लक्ष्य रहेको बताए।
वर्तमान सरकारले गठन भएको करिब छ महिनाको अवधिमा जनतामा अपेक्षाअनुसार आशा जगाउने गरी काम गर्न नसकेको उनको टिप्पणी थियो। सरकारले सुशासनका क्षेत्रमा केही काम गर्न खोजेको देखिए पनि त्यसलाई प्रभावकारी रूपमा संस्थागत गर्न नसकेको घिसिङले बताए।
उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले देशव्यापी रूपमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेको जानकारी दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?