सत्य, निष्पक्ष र विश्वसनीय

नारायणी नदीमा डुबेर आमा–छोरा बेपत्ता, छोरीको उद्धार

न्युज डेस्क
२०८३ आश्विन २९, बिहीबार १५:३५

चितवन, २९ असोज

 चितवनको नारायणी नदी किनारमा खुट्टा धुन गएका आमा र छोरा नदीमा डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२ मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल रहेका छन्। उनीहरू भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडिको नारायणी नदी किनारमा खुट्टा धुन गएका बेला बेपत्ता भएका हुन्।

घटनामा उनकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी छोरीको उद्धार गरेको हो। बेपत्ता आमा सिर्जना र उनका छोरा प्रशिद्धको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?