सत्य, निष्पक्ष र विश्वसनीय

सतुङ्गलमा घरभित्र पस्दा ट्रकले तीन पसल र स्कुटरमा क्षति

न्युज डेस्क
२०८३ आश्विन ३०, शुक्रबार ०६:३०

काठमाडौं, ३० असोज  काठमाडौंको सतुङ्गलमा मालबाहक ट्रक घरभित्र पस्दा तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ।

बागमती प्रदेश ०३–००१ ख ०९५३ नम्बरको मालबाहक ट्रक बिहीबार साँझ करिब ९ः१५ बजे घरभित्र पस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका कारण घरमा रहेका तीनवटा पसल र एउटा विद्युतीय स्कुटरमा क्षति पुगेको छ। दुर्घटना कसरी भयो र क्षतिको विस्तृत विवरणबारे थप जानकारी आउन बाँकी छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?