सत्य, निष्पक्ष र विश्वसनीय

काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव भेटियो

न्युज डेस्क
२०८३ आश्विन २९, बिहीबार १६:०६

काठमाडौं , २९ असोज

काठमाडौंको रानीपोखरीमा एक पुरुषको शव भेटिएको छ। उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार रानीपोखरीमा एक पुरुषको शव फेला परेको हो।

फेला परेको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतक पुरुष को हुन् भन्नेबारे थप विवरण सार्वजनिक भएको छैन।

घटनाबारे थप अनुसन्धान तथा शवको पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?