एनपीएलमा आज विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै
काठमाडौं, २६ कात्तिक
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स र कर्णाली याक्सले लुम्बिनी लाइन्ससँग प्रतिस्पर्धा गर्नेछन्।
आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। पाँच खेल खेलेको विराटनगरले दुईमा जित र तीनमा हार बेहोर्दै चार अंकका साथ तालिकाको छैटौं स्थानमा छ। पोखरा भने पाँच खेलमध्ये एकमा मात्र जित निकाल्दै दुई अंकका साथ तालिकाको पुछारमा रहेको छ। पोखराले चार खेलमा हार बेहोरेको छ।

यस्तै, आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स भिड्नेछन्। पाँच खेल खेलेको कर्णालीले दुईमा जित र तीनमा हार बेहोर्दै चार अंकका साथ तालिकाको सातौं स्थानमा छ।
लुम्बिनी लाइन्स भने पाँच खेलमध्ये तीनमा जित, एकमा हार र एक खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।
आजका दुवै खेल अंक तालिकामा आफ्नो स्थान सुधार गर्न टोलीका लागि महत्वपूर्ण हुनेछन्।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?





