सत्य, निष्पक्ष र विश्वसनीय

मुख्य सडक विस्तारसँगै विद्युत् तार भूमिगत गर्न मेयर सिंहको पहल

न्युज डेस्क
२०८३ आश्विन १२, सोमबार १९:४९
वीरगंज, १२ असोज वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारको कामसँगै विद्युत्का तार भूमिगत गर्न आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि बजेट व्यवस्था गर्न माग गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई पत्र बुझाएका छन्। त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तार भइरहेकाले विद्युत्का पोल तथा तारलाई पनि दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने महानगरको भनाइ छ। सडक विस्तारपछि पुनः ओभरहेड तार जडान गर्दा सडक मर्मत, भविष्यमा सडक विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न आग्रह गरेको हो। यसअघि पनि मेयर सिंहले आवश्यक बजेट विनियोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरेका थिए। महानगरले सडक विस्तारसँगै विद्युत् प्रणाली भूमिगत गर्ने कार्यका लागि सम्बन्धित निकायबीच समन्वय र आवश्यक बजेट व्यवस्थापनमा जोड दिएको छ।

वीरगंज, १२ असोज
वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारको कामसँगै विद्युत्का तार भूमिगत गर्न आवश्यक बजेट व्यवस्थापन गर्न माग गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि बजेट व्यवस्था गर्न माग गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई पत्र बुझाएका छन्।

त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्ड विस्तार भइरहेकाले विद्युत्का पोल तथा तारलाई पनि दीर्घकालीन रूपमा व्यवस्थापन गर्नुपर्ने महानगरको भनाइ छ। सडक विस्तारपछि पुनः ओभरहेड तार जडान गर्दा सडक मर्मत, भविष्यमा सडक विस्तार, यातायात व्यवस्थापन तथा शहरी सौन्दर्यीकरणमा समस्या आउन सक्ने भन्दै महानगरले सडक विस्तारकै क्रममा विद्युत् तार भूमिगत गर्न आग्रह गरेको हो।

यसअघि पनि मेयर सिंहले आवश्यक बजेट विनियोजनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्राचार गरेका थिए। महानगरले सडक विस्तारसँगै विद्युत् प्रणाली भूमिगत गर्ने कार्यका लागि सम्बन्धित निकायबीच समन्वय र आवश्यक बजेट व्यवस्थापनमा जोड दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?